काभ्रेपलाञ्चोकमा अझै हुन सकेन मतगणना

काभ्रेपलाञ्चोक | मंसिर ५, २०७९

काभ्रेपलाञ्चोकमा अझै हुन सकेन मतगणना

काभ्रेपलाञ्चोक:   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो। 


प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान केन्दको मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो। 


यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सीसी क्यामेराको व्यवस्थापन गरिएको छ। 


उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाई भएका कारण मतगणनाको कार्य ढिलाई भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्र्तगत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्र्तगत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्। 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्